यू १९ विश्वकप एसिया छनोट : नेपालले आज हङकङसँग खेल्दै

हिमाल प्रेस ३ वैशाख २०८२ ८:५२ | Wednesday, April 16, 2025
यू १९ विश्वकप एसिया छनोट : नेपालले आज हङकङसँग खेल्दै तस्बिर : क्यान

काठमाडौँ- यू १९ विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ। तल्लो मुलपानी क्रिकेट ग्राउन्डमा बिहान साढे ९ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरु हुनेछ। प्रतियोगितामा नेपालले यसअघिका दुई खेल जितिकसेको छ।

पहिलो खेलमा युएईलाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल, यूएई, ओमान, हङकङ र अफगानिस्तान छन्।

प्रतियोगितामा नेपाल, अफगानिस्तान र यूएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू १९ विश्वकपमा छनोट हुनेछ।

यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरू टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ।

प्रकाशित: ३ वैशाख २०८२ ८:५२ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast