यू १९ विश्वकप एसिया छनोटका लागि अफगानिस्थानसँग भिड्दै नेपाल, वर्षा बाधक बन्ने जोखिम

हिमाल प्रेस ६ वैशाख २०८२ ६:५६ | Saturday, April 19, 2025
यू १९ विश्वकप एसिया छनोटका लागि अफगानिस्थानसँग भिड्दै नेपाल, वर्षा बाधक बन्ने जोखिम तस्बिर : क्यान

काठमाडौँ- आईसीसी यू १९ विश्वकप एसिया छनोटमा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

आजको यो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि तीनवटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौथो जितका लागि मैदानमा उत्रन लागेको हो।

नेपालले विश्वकपमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। यदि नजितेको वा खेल नभएको अवस्थामा अफगानिस्थान रनरेटका आधारमा विश्वकपमा पुग्नेछ। तर आज बिहानैबाट काठमाडौँमा वर्षा भइरहेकाले खेल हुने सम्भावना कम छ।

नेपालले पहिलो खेलमा यूएईलाई डकवर्थ लुईस पद्धति (डीएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो। गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो।

लगातार तीन खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुने छ।

प्रकाशित: ६ वैशाख २०८२ ६:५६ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast