महोत्तरीको एउटै वडामा क्षयरोगका २५ संक्रमित भेटिए

हिमाल प्रेस २९ चैत २०८१ १७:१८ | Friday, April 11, 2025
महोत्तरीको एउटै वडामा क्षयरोगका २५ संक्रमित भेटिए

जलेश्वर- बलवा नगरपालिका-११ स्थित धमौरा गाउँमा एउटै वडाबाट २५ जना व्यक्तिमा क्षयरोग (टीबी) संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहका अनुसार सो वडामा गरिएको स्वास्थ्य परीक्षणका क्रममा १७ देखि ७४ वर्ष उमेर समूहका २५ जनामा क्षयरोगको संक्रमण देखिएको हो।

धमौरा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र महतोका अनुसार संक्रमितमध्ये ८० प्रतिशत मुसलिम समुदायका रहेका छन् भने बाँकी अन्य जातजातिका छन्। ‘हालसम्म १२ जना संक्रमित स्वास्थ्यचौकीको सम्पर्कमा रहेर नियमित औषधी सेवन गरिरहेका छन्,’ महतोले जानकारी दिए।

संक्रमको अवस्थालाई गम्भीर मान्दै स्थानीयवासीहरूले तत्काल वडास्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्न थप परीक्षण गरी संक्रमण फैलिन नदिन आग्रह गरेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग एक प्रकारको संक्रामक रोग हो जुन चुरोट, बिडी, धूमपान, धुँवाधुलो र कमजोर खानपानका कारण फैलिन सक्छ।

समयमै उपचार नभए संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सर्न सक्ने भएकाले जोखिम उच्च हुने जनाइएको छ। नेपाल सरकारले क्षयरोगको नि:शुल्क औषधी उपलब्ध गराइरहेको छ।

प्रकाशित: २९ चैत २०८१ १७:१८ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast