भुर्तेल र ऐरीको आक्रामक ब्याटिङ, कुवेतमाथि नेपालको रवाफिलो जित

हिमाल प्रेस २८ चैत २०८१ १०:१० | Thursday, April 10, 2025
भुर्तेल र ऐरीको आक्रामक ब्याटिङ, कुवेतमाथि नेपालको रवाफिलो जित Photo by Panda / Takumi Images. All rights reserved.

काठमाडौँ- ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐनको आक्रामक ब्याटिङले नेपालले हङकङमा जारी चार देशदेशीय टी२० शृ‌खलामा रवाफिलो जित निकालेको छ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपाललाई जिततिर डोहोर्‍याउन भुर्तेलले ५० बलमा ८१ रन जोडे।

उनले यो आक्रामक ब्याटिङ गर्दा समान ६-६ चौका र छक्का प्रहार गरेका थिए। यस्तै नेपाललाई जिताउन दीपेन्द्रले अर्को रोचक इनिङ खेले। उनले संकटमा परेको नेपाललाई जित नजिक पुर्‍याउन १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए। अर्का ओपनर आसिफ सेखले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। नेपालका लागि गुल्सन झाले ३ बलमा २ चौकासहित ९ रन बनाएर जित निकाले।

कुवेतका लागि यासिन पटेलले २, महम्मद अस्लाम र महम्मद सफिक १ विकेट लिए। टस हारेर ब्याटिङ गरेको कुवेतका लागि ओपनर ब्याटरले राम्रो सुरुवात गरेका थिए। राविजा सन्दारुवानले २९ रनको पारी खेल्दा क्लिनटो अन्तोले ४१ रन बनाए। मित मान्सारले ३५ रन जोड्दा विलाल ताहिरले ३२ रन थपे।

कप्तान मोहम्मद अस्लामले १७ रनमा अन्तिम बलमा रनआउट भए। नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३ विकेट लिँदै कुवेतका ब्याटरमाथि हाबी भएका थिए। नन्दन यादव २ विकेट लिँदा कुशल भुर्तेल र ललित राजवंशीले समान १-१ विकेट झारे।

प्रकाशित: २८ चैत २०८१ १०:१० | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast