प्रसाईलाई झापा ल्याएपछि प्रहरीले भन्यो : नियन्त्रणमा लिएर काठमाडौँ लैजादैछौँ

हिमाल प्रेस २९ चैत २०८१ ११:३० | Friday, April 11, 2025
प्रसाईलाई झापा ल्याएपछि प्रहरीले भन्यो : नियन्त्रणमा लिएर काठमाडौँ लैजादैछौँ दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले केही दिनयता फरार रहेका दुर्गा प्रसाई झापाबाट पक्राउ परेको जानकारी दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाई र उनका अंगरक्षक दीपक खड्का पक्राउ परेको जानकारी दिएको हो। प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले निकालेको विज्ञप्तिमा गत चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ। प्रसाई बिहीबार भारतको आसममा पक्राउ परेका हुन्। उनलाई आजै नेपाल ल्याइएको छ भने केहीबेरमा काठमाडौँ अवतरण गराइदैछ। तीनकुनेको गत चैत १५ को घटनापछि प्रसाई फरार थिए।

प्रकाशित: २९ चैत २०८१ ११:३० | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast