भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईलाई लिन नेपाल प्रहरी नेपाल भारत सीमा काँकडभिट्टामा खटिएका प्रहरी।
काठमाडौँ- भारतीय प्रहरीको नियन्त्रणमा रहेका राजावादी अभियानता दुर्गा प्रसाईलाई नेपाल ल्याइपुर्याइएको छ।
नेपाली पूर्वी नाका काँकडभिट्टामा ल्याइएको प्रहरी स्रोतले बतायो। उनका अनुसार अबको केहीबेरमा चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याइनेछ।
प्रसाई निकट स्रोतले पनि वाक्लो सुरक्षा घेराका बीच प्रसाईलाई नेपाल ल्याइएको पुष्टि गरेको छ। ‘उहाँ(प्रसाई)लाई नेपाल ल्याएको हो। तर फोटो खिच्न दिइएको छैन।’ उनी हिजोबाटै भारतको आसममा भारतीय प्रहरीको नियन्त्रणमा थिए। आज नेपाली प्रहरीले नेपाल-भारत नाका काँकडभिट्टाबाट भारतीय प्रहरीबाट बुझेको हो। उनलाई अहिले केहीबेरमा काठमाडौँ ल्याइदैछ।
विमानस्थल स्रोतका अनुसार अहिले बुद्ध एयरबाट १०: ४५ मा काठमाडौँ ल्याइँदैछ।
प्रकाशित: २९ चैत २०८१ १०:२८ | Friday, April 11, 2025
प्रतिक्रिया





