दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

हिमाल प्रेस २९ चैत २०८१ १५:५६ | Friday, April 11, 2025
दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ- तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईँलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले नेपाल प्रहरीलाई १२ दिनको म्याद दिएको छ। तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईँविरुद्ध अदालतले १२ दिनको म्याद दिएको हाे।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रहरीले माग गरेको म्याद अनुरूप उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। प्रसाईँ चैत १५ यता फरार थिए। उनलाई बिहीबार राति भारतको आसाम राज्यबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान काँकडभिट्टामा नेपाल प्रहरीको जिम्मा लगाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएपछि काठमाडौँ ल्याइएको छ। चैत १५ गतेको प्रदर्शनमा प्रहरीले घेराबन्दी गर्दा प्रसाईँ सवार गाडीले प्रहरीलाई ठक्कर दिने प्रयास गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको हो।

यसअघि गृहमन्त्री रमेश लेखकले संसदीय समितिमा प्रसाई पक्राउ परेको पुष्टि गर्दै घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढ्ने बताएका थिए।

प्रकाशित: २९ चैत २०८१ १५:५६ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast