काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा पुगेका छन्।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा वुद्धिजीवी संगठन, अखिल क्रान्तिकारीलगायत विभागका सदस्य सहभागी छन्।
चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो।
प्रकाशित: २८ चैत २०८१ ९:०० | Thursday, April 10, 2025
प्रतिक्रिया





