तीनकुने घटनाको छानबिनका लागि ‘नागरिक छानबिन आयोग’ गठन

हिमाल प्रेस २८ चैत २०८१ ८:१८ | Thursday, April 10, 2025
तीनकुने घटनाको छानबिनका लागि ‘नागरिक छानबिन आयोग’ गठन राजतन्त्र समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन।

काठमाडौँ- चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ।

संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगको सदस्यमा पूर्वएआइजी रविराज थापा, डा. रामप्रसाद उप्रेती,डा. ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन्।

प्रकाशित: २८ चैत २०८१ ८:१८ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast