ढालियो ५५ हात लामो योसिद्यः

हिमाल प्रेस १ वैशाख २०८२ १९:५५ | Monday, April 14, 2025
ढालियो ५५ हात लामो योसिद्यः

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन सोमबार भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाँडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ।

योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्‍याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ।

यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ।

प्रकाशित: १ वैशाख २०८२ १९:५५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast