टेलिसिरियल ‘गाउँ फर्क’ आजदेखि प्रसारण

हिमाल प्रेस १ वैशाख २०८२ १७:०७ | Monday, April 14, 2025
टेलिसिरियल ‘गाउँ फर्क’ आजदेखि प्रसारण

काठमाडौँ- टेलिसिरियल ‘गाउँ फर्क’ आजदेखि प्रसारण हुने भएको छ। सिरियल गाउँ फर्क युट्युब च्यानलबाट बेलुका ७ः३० बजे प्रसारण हुने निर्माता एलबी कटवालले जानकारी दिए।

नेपाल टेलिभिजनबाट प्रसारण गर्ने भनिएको सिरियल उपयुक्त समयाभावका कारण युट्युबबाट नै सार्वजनिक गर्न लागेको उनले बताए।

टिमका अनुसार सिरियल युवापुस्ता विदेश पलायन भइरहेको समयमा आफ्नै गाउँमा उत्पादनसँग जोड्ने उद्देश्यले तयार पारिएको हो। सिरियलका लेखक तथा निर्देशक विश्वमणि घिमिरे र एलबी कटवाल हुन्। सिरियलमा बिदेसिएका नेपालीहरूको कथा समेटिएको छ।

सिरियलमा मनमाया कटवाल, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, अस्मिता बस्नेत, अशोक शिवाकोटी, मेलिना ठकुरी, दिवाकर घिमिरे, इच्छासिंह ठकुरी, प्रतीक्षा काफ्ले, चन्दा भट्टराईलगायत स्थानीय कलाकारले अभिनय गरेका छन्।

धनकुटाको झिलिमिलेको ग्रामीण भेगलाई सिरियलको परिवेश बनाइएको छ। राहुल राईको छायांकन गरेको सिरियलको गीतमा शंकर अधिकारी घायलको शब्द, विकास चौधरीको संगीत, नारायण थापाको स्वर छ।

प्रकाशित: १ वैशाख २०८२ १७:०७ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast