टी २० आई शृंखला : नेपालले पायो एक सय ७५ रनको लक्ष्य

हिमाल प्रेस ३१ चैत २०८१ १३:४२ | Sunday, April 13, 2025
टी २० आई शृंखला : नेपालले पायो एक सय ७५ रनको लक्ष्य

काठमाडौँ- हङकङमा जारी चारदेशीय टी–२० आई शृंखलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङको टिन क्वाङ रोड रिक्रिएसन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको हो।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेलेका थिए। उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बना । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मिट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुईदुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित: ३१ चैत २०८१ १३:४२ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast