तस्बिरहरू : विनोद परियार
लुम्बिनी– भारतको जम्मु कस्मिमा आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्ग र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै रूपन्देही बुटवल ल्याइएको हो।
शव बिहीबार बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए। बुटवल-११ कालिकानगर मनकामना पथ निवासमा शवलाई राखिएको छ।
२७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी र ज्वाइँसहित शनिबार भ्रमणका लागि जम्मुकस्मिरस्थित बुटवलबाट कस्मिरको वैसरण उपत्यकामा गएका थिए। शवलाई बिहीबार नै त्रिवेणीमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्।


प्रकाशित: ११ वैशाख २०८२ ११:५४
प्रतिक्रिया




