चेन्नई : फेरिए कप्तान, फेरिएन नतिजा

हिमाल प्रेस ३० चैत २०८१ ६:३४ | Saturday, April 12, 2025
चेन्नई : फेरिए कप्तान, फेरिएन नतिजा फाइल तस्बिर

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्को हार बेहोरेको छ। यो सिजनको पहिलो कप्तानी सम्हालेका महेन्द्रसिंह धोनीलाई पहिलो खेलमै झड्का लागेको छ। उनको टिम शुक्रबार कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भयो।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै १०७ रन बनायो।कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड प्रदर्शन गरे। उनले तीन विकेट लिए भने ४४ रनको योगदान दिए।  क्विन्टन डी कक २३ रनमा आउट हुँदा कप्तान अजिंक्य रहाणे २० र रिन्कु सिंह १५ रनमा अविजित रहे।

चेन्नईका नूर अहमद र अन्सुल कामबोजको नाममा समान एक विकेट रह्यो। त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।

चेन्नईका शिवम दुबेले ३१ रन बनाए। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट हुँदा अन्य ब्याटर क्रिजमा जम्न सकेनन्। कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए।

हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीको नाममा समान एक विकेट रह्यो।

प्रकाशित: ३० चैत २०८१ ६:३४ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast