‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

हिमाल प्रेस १६ वैशाख २०८२ १६:१० | Tuesday, April 29, 2025
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०८१’ लाई पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।

त्यसअघि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए।

उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सांसदद्वय पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पाटा र पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनको आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते दिउँसो ३ बजे बस्नेछ।

प्रकाशित: १६ वैशाख २०८२ १६:१० | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast