कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : परियार

हिमाल प्रेस १७ वैशाख २०८२ २०:०६ | Wednesday, April 30, 2025
कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : परियार समिति संयोजक सांसद जीवन परियार।

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन्।

चितवनमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको महाधिवेशन २०८२ मंसिरभित्रमा हुने बताए। आन्तरिक कामका कारण रोकिएमा ढिलोमा २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ।

उनले भने, ‘विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ।’

वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए।

प्रकाशित: १७ वैशाख २०८२ २०:०६ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast