कोलकाताका लागि वर्षा तगारो

हिमाल प्रेस १४ वैशाख २०८२ ७:०४ | Sunday, April 27, 2025
कोलकाताका लागि वर्षा तगारो कोलकाताको इडेन गार्डेन स्टेडियममा भएको इन्डियन प्रिमियर लिग सिजन १८ (आईपीएल २०२५) को ४४ औं खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स बीचको खेल ठूलो पर्दामा वर्षाका कारण रद्द भयो। तस्बिर: एस सैकत दास/स्पोर्टजपिक्स आईपीएलका लागि

काठमाडौँ- यो सिजनमा सुरुवातबाटै संघर्ष गरिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता कोलकाता नाइट राइडर्सलाई वर्षाका कारण सकस परेको छ।

शनिबार भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको कोलकाताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो। बराबरीपछि कोलकाता ७ अंक सहित सातौँ स्थानमा छ। यसैगरी पन्जाब ११ अंकसहित चौथो स्थानमा छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले चार विकेटको क्षतिमा २०१ रन जोडेको थियो। पन्जाबका प्रियांश आर्य र सिंहले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे। आर्यले ३५ बलमा ६९ तथा प्रभ्सीरमनले ४९ बलमा ८३ रन जोडे।

स्लो पिचमा सुनिल नारायण र वरुण चक्रवर्तीले कुल ८ ओभरमा ७४ रन खर्चिए। यसैगरी स्लो बल विशेषज्ञ हर्षित रानाले ओभरमा २७ रन खर्चिए। प्रभ्सीरमनले आफूले सामना गरेको अन्तिम १७ बलमा ४९ रन जोडे।

उनले कप्तान श्रेयास ऐयारसँग ४० रनको साझेदारी गरे। ऐयारले सो साझेदारीमा ५ रनको योगदान गरेका थिए। प्रभ्सीरमन आउट भएपछि आक्रामक बनेका ऐयारले अविजित रहँदै १६ बलमा २५ रन बटुले।

प्रकाशित: १४ वैशाख २०८२ ७:०४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast