कतारसँग विजयी बनेको नेपाली टोली आज कुवेतसँग भिड्दै

हिमाल प्रेस २८ चैत २०८१ ६:३४ | Thursday, April 10, 2025
कतारसँग विजयी बनेको नेपाली टोली आज कुवेतसँग भिड्दै

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी २० शृंखलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दै छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

यो चारदेशीय टी २० आई शृंखलाको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

शृंखलाको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ ।आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

प्रकाशित: २८ चैत २०८१ ६:३४ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast