आयोगले थाल्यो मतदाता नामावली अद्यावधिक प्रक्रिया

हिमाल प्रेस ७ वैशाख २०८२ १६:२३ | Sunday, April 20, 2025
आयोगले थाल्यो मतदाता नामावली अद्यावधिक प्रक्रिया निर्वाचन आयोग

काठमाडौँ-  निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न थालेको छ। आयोगले २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट नामावलीमा समावेश गर्न थालेको हो।

कार्यक्रमबमोजिम मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइट www.election.gov.np मा प्रकाशन भएको आयोगले जनाएको छ। नामावलीबाट अद्यावधिक कार्य सम्पन्न भएपछि २०८२ वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन, कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न आग्रह गरेको छ।

यसैगरी मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ वैशाख २०८२ १६:२३ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast