आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

हिमाल प्रेस ११ वैशाख २०८२ ८:३१ | Thursday, April 24, 2025
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

काठमाडौँ- आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ। आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ। खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ।

विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गरेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ। शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीलाई एचपिभीबाट जोगाउँछ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नारायका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ।

सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटी शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ।

अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ। यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तरराष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८२ ८:३१ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast