आईपीएल : गुजरातको जितमा बटलरको उत्कृष्ट ब्याटिङ

हिमाल प्रेस ७ वैशाख २०८२ ६:४१ | Sunday, April 20, 2025
आईपीएल : गुजरातको जितमा बटलरको उत्कृष्ट ब्याटिङ

काठमाडौँ- गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सानदार जित निकाल्दै दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। यो जितसँगै गुजरात शीर्षमा पुगेको छ। गुजरातको जितमा जोस बटलरले सानदार जबाफी ब्याटिङ गरे।

शतक प्रहार गर्ने मौका भने उनले गुमाए। अहमदाबादस्थित नरेन्द्र मोदी रंशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य घरेलु टोली गुजरातले चार बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

गुजरातका लागि बटलरले ५४ बलमा ११ चौका र चार छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे। यसैगरी शेर्फेन रदरफोर्डले ४३, साई शुदर्शनले ३६ र राहुल तेवाटियाले अविजित ११ रन बनाए।

दिल्लीका लागि मुकेश कुमार र कुलदीप यादवले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रनको योगफल तयार पार्यो ।

दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७, करुण नायर र ट्रिस्टन स्टब्सले समान ३१, केएल राहुलले २८ र अविषेक पोरेलले १८ रन बनाए ।

गुजरातका लागि प्रसिद्ध कृष्णाले चार तथा मोहम्मद सिराज, इशान्त शर्मा, साई किशोर र अर्शद खानले समान एक विकेट लिए ।

प्रकाशित: ७ वैशाख २०८२ ६:४१ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast