आईपीएलमा सुपरओभर, राजस्थानको हार

हिमाल प्रेस ४ वैशाख २०८२ ७:०८ | Thursday, April 17, 2025
आईपीएलमा सुपरओभर, राजस्थानको हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित निकाल्दै राजस्थान रोयल्सलाई पराजित गरेको छ। यो जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अरुण जेट्ली रंगशालामा बुधबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको राजस्थानले ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै उक्त लक्ष्य ४ बलमै पूरा गर्‍यो।

प्रकाशित: ४ वैशाख २०८२ ७:०८ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast