आईपीएलमा राजस्थानविरुद्ध गुजरात विजयी

हिमाल प्रेस २८ चैत २०८१ ७:०३ | Thursday, April 10, 2025
आईपीएलमा राजस्थानविरुद्ध गुजरात विजयी

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सविरुद्ध गुजरात टाइटन्स विजयी बनेको छ। नरेन्द्र मोदी क्रिकेट मैदानमा बुधबाररातिको खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटियो ।

राजस्थानका सिम्रन हेटमायरले ३२ बलमा ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन्। कप्तान सञ्जु सामसनले ४१ र रियान परागले २६ रन थपे । यसबाहेक, राजस्थानका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन्।

राजस्थानलाई सस्तैमा रोक्न गुजरातका प्रसिद्द कृष्णाले तीन विकेट लिए। राशिद खानले दुई विकेट लिँदा मोहम्मद सिराज, अर्शद खान र कुलवन्त खेजरोलियाले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो।

गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी जोस बटलर र शाहरुख खानले समान ३६ रन बनाए। राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए।

राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई विकेट लिए। यस्तै, सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए।

प्रकाशित: २८ चैत २०८१ ७:०३ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast