श्रममन्त्री भन्छन्- सरकार वैदेशिक रोजगार र श्रम ऐन संशोधनको तयारीमा छ 

हिमाल प्रेस २९ चैत २०८१ १५:४१ | Friday, April 11, 2025
श्रममन्त्री भन्छन्- सरकार वैदेशिक रोजगार र श्रम ऐन संशोधनको तयारीमा छ 

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकारले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न ऐन संशोधन गर्न लागिएको बताएका हुन्।

उनले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सुझाव पनि मागेका छन्। ‘वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्दै छौं। त्यसका लागि आवश्यक सल्लाह गरिरहेका छौं,’ उनले भने।

घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको उनको भनाइ छ। कानुनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको मन्त्री भण्डारीले बताए।

यस्तै, वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने माग गरेका छन्। सरकारले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई रेमिट्यान्ससँग मात्र दाँज्नु नहुनेको उनको भनाइ छ।

‘अर्थतन्त्रको एउटा आधार वैदेशिक रोजगारी बने पनि सरकारले यस क्षेत्रलाई बेवास्ता गरेको छ। जसका कारण यस क्षेत्रका समस्या जटिल बन्दै गएका छन्,’ उनले भने।

प्रकाशित: २९ चैत २०८१ १५:४१ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast