शशांकले फेरि भने : म हिन्दु राष्ट्र चाहन्छु तर राजतन्त्र होइन

हिमाल प्रेस १८ चैत २०८१ २०:२६
28
SHARES
शशांकले फेरि भने : म हिन्दु राष्ट्र चाहन्छु तर राजतन्त्र होइन

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू राजतन्त्रको पक्षमा नभएको तर हिन्दु राष्ट्रको भने पक्षमा भएको बताएका छन्।

सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदासमेत सत्ताको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्।

उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताए। व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ। उनले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।

उनले भने, ‘राजालाई हामीले पटक पटक मौका दियौँ, अवसर दियौँ। उनले दुरुपयोग गरे। अब के ग्यारेन्टी छ कि उनले दुरुपयोग गर्दैनन्? त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु।’

प्रकाशित: १८ चैत २०८१ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast