
काठमाडौँ- सरकारले भोलि चैत १८ गते ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले आज (आइतबार) सूचना जारी गर्दै भोलि (सोमबार) इस्लाम धर्मावलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।
सरकारले २०८० माघ २९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ईद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रकाशित: १७ चैत २०८१ १९:४५
प्रतिक्रिया