
काठमाडौँ- अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै विश्वकपमा स्थान पक्का गरेको हो।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ ।
छनोटमा १३ खेल खेल्दा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको टिममाथि अर्जेन्टिनाले ६ अंकको अग्रता बनाएको छ ।
प्रकाशित: १३ चैत २०८१ ७:३५
प्रतिक्रिया