
काठमाडौँ- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापति अखिल क्रान्तिकारीले हात पारेको छ।
क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन्। उनले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाए। तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन्।
मंगलबार भएको निर्वाचनमा ५९८४ मतदातामध्ये २६३१ मत खसेको थियो । महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले विराटनगरमै तीनवटा आंगिक क्याम्पसको स्वविय सभापति जितेको छ ।
प्रकाशित: ७ चैत २०८१ ७:४०
प्रतिक्रिया