बागमतीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

हिमाल प्रेस ५ चैत २०८१ १२:५८
4
SHARES
बागमतीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम) कपमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको हो। इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए भने बिपिन ६३ रनमा अविजित रहे । शुभ कंसाकारले ५२ रन बनाए ।

२११ रन बनाउँदा ८ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याएका हुन् ।

बिबेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे। गण्डकीका लागि अर्जुन कुमालले ७ ओभरमा ४० रन दिएर ४ विकेट लिए। कप्तान विपिन खत्री र सुबास भण्डारीले २-२ विकेट लिए।

प्रकाशित: ५ चैत २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast