काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो घटनाबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। आज दिउँसो ११ बजेलाई बैठक केन्द्रीय कार्यालयमा बोलाइएको छ।
बैठकमा राजावादी आन्दोलन र ध्रुवीकरणका विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेका बेला कसले नेतृत्व गरेर जाने भन्नेमा अन्योलता छ। राप्रपाकै नेता नवराज सुवेदीले आन्दोलनको नेतृत्व गर्ने भनिए पनि राजावादीहरू एक हुन सकेका छैनन्।
ठूला राजावादी दल राप्रपा र राप्रपा नेपाललाई नबोलाइ सुवेदीको नेतृत्वमा आन्दोलनको समिति घोषणा गरिएको भन्दै गुनासो बढेको छ। यस विषयमा समेत बैठकमा छलफल हुने राप्रपा स्रोतले जनाएको छ।
प्रकाशित: ५ चैत २०८१ ७:०८ | Tuesday, March 18, 2025
प्रतिक्रिया



