 
                             
                                            काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले विरोधसभामा हजारौँ जनता उतार्ने जनाएको छ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटी बैकले आगामी १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभामा हजारौँ मानिस उतार्ने निर्णय गरेको हो।
बैठकपछि उपाध्यक्ष जनन्नाथ खतिवडाले गणतन्त्रपक्षधरहरूले जनताको चेताना देखाउनका लागि प्रदर्शन गर्न लागिएको बताए। उनले प्रदर्शनमा ठूलो संख्यामा जनतालाई उतार्ने तयारी रहेको जानकारी दिए।
राजावादीको प्रदर्शनले दलहरू नडराएको उनको भनाइ छ। खतिवडाले राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास मोर्चाले गरेको बताए।
राजतन्त्र फर्किने सम्भावना नभएको उल्लेख गर्दै खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटीमा पस्न पाउने बताए।
                            प्रकाशित: ४ चैत  २०८१ १७:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 