अमेरिकी दूतावासले भन्यो – अवैध आप्रवासन अन्त्य गर्न प्रतिबद्ध छौँ

हिमाल प्रेस २३ फागुन २०८१ १७:०६
12
SHARES
अमेरिकी दूतावासले भन्यो – अवैध आप्रवासन अन्त्य गर्न प्रतिबद्ध छौँ

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले अमेरिका अवैध आप्रवासन अन्त्य गर्न प्रतिबद्ध रहेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भनाइ उद्धृत गर्दै दूतावासले यस्तो बताएको हो।

अवैध आप्रवासन जोखिमपूर्ण रहेको र ज्यान नै गुम्नसक्ने अवस्था सिर्जना गर्न सक्ने भन्दै दूतावासले सचेत गराएको छ।

‘धेरै नेपालीहरू अमेरिका गएर काम गर्ने वा बस्ने सपना देख्छन्, तर अवैध आप्रवासन जोखिमपूर्ण छ र ज्यान नै गुम्ने अवस्था सिर्जना गर्न सक्छ,’ दूतवासले भनेको छ।

दूतावासले नक्कली एजेन्टहरूलाई विश्वास गरेर हरेक वर्ष धेरै मानिस प्रलोभनमा पर्ने गरेको उल्लेख गरेको छ।

दूतावासले भनेको छ, ‘हरेक वर्ष धेरै मानिसहरू नक्कली एजेन्टहरूको भिसा र रोजगारीको झुटा प्रलोभनमा परेर आफ्नो जीवन र सञ्चित रकम जोखिममा पार्ने गरेका छन्।’

अवैध तरिकाले अमेरिका पुगेकाहरूलाई पक्राउ गर्नुका साथै देश निकालाको अवस्थासमेत आउने गरेको बताउँदै दूतावासले आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सचेत गराएको छ।

‘कतिपयले बाटोमै खतरनाक चुनौतीहरू सामना गर्नुपर्छ, जबकि अरूलाई पक्राउ, देश निकाला, आपराधिक सजाय वा ज्यानै जोखिममा पर्ने स्थिति आउनसक्छ। आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्–यस्तो जोखिम नलिनुहोस्,’ दूतावासले भनेको छ।

अमेरिकामा अवैध गरिकाले बसिरहेका ९ जना नेपालीलाई केही दिनअघि मात्र ‘डिपोर्ट’ गरिएको थियो।

प्रकाशित: २३ फागुन २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast