बन्धक रिहा गर्न हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’

हिमाल प्रेस २२ फागुन २०८१ १९:२७
16
SHARES
बन्धक रिहा गर्न हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’ डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा गर्न हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन्। हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई रिहा गर्न ट्रम्पले चेतावनी दिएका हुन्।

हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई रिहाका लागि अपिल गर्दै ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन्,‘यो कामका लागि आवश्यक सबथोक इजरायललाई पठाइरहेको छु। मैले भनेअनुसार नभए हमासका एक जना सदस्य पनि सुरक्षित रहने छैनन्।’

यसअघि व्हाइट हाउसले बाँकी बन्धकहरूको रिहाइका लागि उसले सीधै हमाससँग कुरा गर्ने बताएको थियो। व्हाइट हाउसको यस्तो वक्तव्यपछि राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो।

इजरायलका अनुसार अहिले पनि ५९ बन्धक हमासको नियन्त्रणमा रहेका छन्। उनीहरूमध्ये २४ जना जीवित हुनसक्ने इजरायलको अनुमान छ।

यता, हमासले ट्रम्प युद्धविराम सम्झौता तोड्न इजरायललाई उचाल्ने काम गरिरहेको आरोप लगाएको छ।

प्रकाशित: २२ फागुन २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast