नेसपा (नयाँ शक्ति) ले मधेशका जिल्लामा उत्प्रेरक तोक्यो [नामावलीसहित]

हिमाल प्रेस २२ फागुन २०८१ १०:२९
132
SHARES
नेसपा (नयाँ शक्ति) ले मधेशका जिल्लामा उत्प्रेरक तोक्यो [नामावलीसहित]

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशका उत्प्रेरक उमेश साहको अध्यक्षता र अर्का केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्व उत्प्रेरक ईश्वर रिजालको उपस्थितिमा बुधबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले विभिन्न जिल्लाका लागि उत्प्रेरक तोकेको छ।

बैठकको निर्णयअनुसार निम्न व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको उत्प्रेरकको जिम्मेवारी दिइएको छ। पर्सा, अमृता कुमारी देवी, बारा, मदन कुमार यादव, रौतहट, इजेहार आलम,सर्लाही/महोत्तरी, राजेश सिंह, धनुषा, दिपक महतो, सिराहा, तारा भण्डारी र  सप्तरीमा  समिना खातुन छन्।

यस्तै, पार्टी उपाध्यक्ष एवं मधेश प्रदेशका उत्प्रेरक तथा केन्द्रीय सदस्यहरूको अर्को बैठक यही चैत ९ गते शनिबार पुन: बस्ने निर्णय भएको छ। बैठकअघि पार्टीका धनुषा संयोजक भोगेन्द्र रायले नव-निर्वाचित केन्द्रीय उपाध्यक्ष उमेश साह र ईश्वर रिजालसहित मधेश प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई स्वागत तथा सम्मान गरेका थिए।

प्रकाशित: २२ फागुन २०८१ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast