च्याम्पियन्स लिग : पहिलो लेगमा रियलसँग हार्‍यो एट्लेटिको

हिमाल प्रेस २१ फागुन २०८१ ८:०१
22
SHARES
च्याम्पियन्स लिग : पहिलो लेगमा रियलसँग हार्‍यो एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडविरुद्ध एटलेटिको मड्रिड। तस्बिर : एपी/रासस

काठमाडौँ-  च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले एटलेटिको मड्रिडमाथि जित निकालेको छ। रियलले एटलेटिकोलाई २-१ को रोमाञ्चक जित दर्ता गरेको हो।

मंगलबार स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियललाई जित दिलाउन रोड्रिगो र ब्राहिम डियाजले गोल गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल फर्काए। खेलको चौथो मिनेटमै रोड्रिगोको गोलमार्फत रियालले अग्रता लिएको थियो। उनले फेडेरिको भाल्भर्डेले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए।

जाभी गालानको पासलाई सदुपयोग गर्दै ३२औँ मिनेटमा अल्भारेजले एटलेटिकोलाई बराबरीमा ल्याए। ५५औं मिनेटमा डियाजले गोल गर्दा रियल २-१ ले अगाडि बढ्यो। यस पटक फेर्ल्यान्ड मेन्डीले गोलको अवसर सिर्जना गरेका थिए।

प्रकाशित: २१ फागुन २०८१ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast