केपी ओली कप : सनिश उत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर

हिमाल प्रेस २० फागुन २०८१ ७:२५
50
SHARES
केपी ओली कप : सनिश उत्कृष्ट खेलाडी,  विशाल उत्कृष्ट गोलकिपर केपी ओली कपमा उत्कृष्ट खेलाडी बनेका मछिन्द्रका डिफेन्डर सनिश श्रेष्ठ। तस्बिर : फेसबुक

काठमाडौँ- दशरथ रंगशालामा सोमबार सम्पन्न केपी ओली कपमा डिफेन्डर सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन्। मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्राप्त गरे।

मछिन्द्रकै स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए।

तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा मोटरसाइकल प्राप्त गरे। दशरथ रंगशालामा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको थियो।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो।

प्रकाशित: २० फागुन २०८१ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast