५ दिनदेखि हराएका गोरखाका युवा मृत भेटिए

हिमाल प्रेस ९ चैत २०८१ १०:४५ | Saturday, March 22, 2025
५ दिनदेखि हराएका गोरखाका युवा मृत भेटिए प्रतिनिधिमूलक तस्बिर

तनहुँ- तनहुँमा ५ दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन्। ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए। शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ चैत २०८१ १०:४५ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast