१५ वर्षीया किशोरीलाई त्रास देखाएर करणी गर्ने युवक नियन्त्रणमा

हिमाल प्रेस २८ फागुन २०८१ ६:४९ | Wednesday, March 12, 2025
१५ वर्षीया किशोरीलाई त्रास देखाएर करणी गर्ने युवक नियन्त्रणमा

ताप्लेजुङ- ताप्लेजुङमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डर देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो।

प्रहरीले युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: २८ फागुन २०८१ ६:४९ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast