होली खेल्दा विवाद, चक्कु प्रहारबाट युवकको मृत्यु

हिमाल प्रेस ३ चैत २०८१ १२:०७ | Sunday, March 16, 2025
होली खेल्दा विवाद, चक्कु प्रहारबाट युवकको मृत्यु

धनुषा- होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो।

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उनले बताए।

प्रकाशित: ३ चैत २०८१ १२:०७ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast