हर्षोल्लासका साथ मनाइयो इद [तस्बिरहरू]

हिमाल प्रेस १८ चैत २०८१ १७:४५ | Monday, March 31, 2025
हर्षोल्लासका साथ मनाइयो इद [तस्बिरहरू]

काठमाडौँ- इस्लाम धर्मावलम्बीहरूले सामाजिक सद्भाव कायम राख्दै इद–उल–फित्र (इद) पर्व आज हर्षोल्लासका साथ मनाएका छन्। इस्लाम समुदायले स्थानीय इदगाह तथा मस्जिदहरूमा सामूहिक नमाज (प्रार्थना) गरी पर्व मनाएका हुन्।

इदका अवसरमा देशका विभिन्न मस्जिद तथा इदगाहहरूमा बालबालिका, युवा, वृद्ध सबैको उपस्थिति देखियो। सामूहिक नमाजपछि मुस्लिम समुदायले एकआपसमा अंकमाल गर्दै शुभकामना साटासाट गरे।

परम्पराअनुसार बर्तालुहरू एक महिनासम्म रोजा (व्रत) बसेर इदको दिन विशेष परिकार सेबई लगायतका मीठा परिकार बनाएर इष्टमित्रलाई खुवाउने चलन रहेको छ।

 

प्रकाशित: १८ चैत २०८१ १७:४५ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast