सांग्रिला प्लाई उद्योगमा लागेको आगो आएन नियन्त्रणमा, आठ बिघा क्षेत्रफलका घर जोखिममा

हिमाल प्रेस ११ चैत २०८१ ९:०३ | Monday, March 24, 2025
सांग्रिला प्लाई उद्योगमा लागेको आगो आएन नियन्त्रणमा, आठ बिघा क्षेत्रफलका घर जोखिममा

काठमाडौँ- दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्।

ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन।

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ।

आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्।

प्रकाशित: ११ चैत २०८१ ९:०३ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast