सरकारी लेटर हेडमा ज्ञानेन्द्र शाहलाई ‘राजा’ र ‘श्री ५’ लेख्ने बास्तोला बर्खास्त

हिमाल प्रेस २८ फागुन २०८१ ६:३६ | Wednesday, March 12, 2025
सरकारी लेटर हेडमा ज्ञानेन्द्र शाहलाई ‘राजा’ र ‘श्री ५’ लेख्ने बास्तोला बर्खास्त

काठमाडौँ- नेपाल सरकारको लेटरहेडमा ज्ञानेन्द्र शाहलाई राजा लेख्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज बास्तोला बर्खास्तमा परेका छन्।

उनले पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा उनको पक्षमा लेखेका थिए। सरकारी लेडरहेटमा पूर्वराजा देशको अभिभावक भएको बताएका थिए। उनलाई सरकारले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा आफू राजावादी भएको दाबी गरेका थिए।

उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण माग गरेकामा जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ। उनलाई माओवादीका हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा नियुक्ति गरेको खुल्न आएको छ।

यो पनि

सरकारी लेटरहेडमा पूर्वराजाको सन्देश लेख्ने बास्तोलाले भने : राजावादी हुँ, तिम्रो पद तिमी नै राख

सरकारी लेटरहेडमा पूर्वराजाको सन्देशलाई स्वागत, सरकारले सोध्यो स्पष्टीकरण

प्रकाशित: २८ फागुन २०८१ ६:३६ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast