सन्दीपले ग्रेड ‘ए’ मा स्थान बनाउँदा ‘बी’मा झरे करण, वर्गीकरणमा परेनन् विनोद र अर्जुन

हिमाल प्रेस २९ फागुन २०८१ ७:१३ | Thursday, March 13, 2025
सन्दीपले ग्रेड ‘ए’ मा स्थान बनाउँदा ‘बी’मा झरे करण, वर्गीकरणमा परेनन् विनोद र अर्जुन

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को वर्गीकरणमा व्यापक हेरफेर भएको छ। अघिल्लो पटक ग्रेडमा परेका अधिकांश खेलाडीलाई क्यानले नयाँ ग्रेडमा राखेको छ। अपेक्षाकृत खेल्न नसकेका वा राष्ट्रिय टिममा नपरेका खेलाडी तल्लो ग्रेडमा परेका छन्।

क्यानले ५ ग्रेडमा राखेको छ। तलवका आधारमा ग्रेड ‘ए’, ग्रेड ‘बी’, ग्रेड ‘सी’, ग्रेड ‘डी’ र इमर्जिङ वर्गमा खेलाडीलाई विभाजित गरिएको छ।
ग्रेड ‘ए’

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख

अघिल्लो वर्ष ‘ए’ मा रहेका कुशल भुर्तेल र करण केसी यसपालि ‘बी’मा झरेका छन्। उनको स्थानमा सन्दीप ए मा परेका छन्।

ग्रेड ‘बी’
करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह

यसअघि बी श्रेणीमा रहेका कुशल मल्ल, भीम सार्की आरिफ सेख र अविनाश बोहोराको पनि घटुवा भएका छन्। तीनजना सी मा घटुवा हुँदा बोहोरा डी मा झरेका छन्।

ग्रेड ‘सी’

सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल

विनोद भण्डारी र अर्जुन साउद वर्गीकरणमा नपर्दा प्रतिश जीसी एक तह घटुवा भएर डी मा पुगेका छन्।

ग्रेड ‘डी’

सागर ढकाल, लोकेस बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरार, मयन यादव

पवरन सराफ डी बाट बाहिरिँदा लोकेश बम, साहब आलम, रिजन ढकाल, देवखनाल, बसिर अहमद र मयन यादव डी ग्रेडमा परेका हुन्।

इमर्जिङ क्याटागोरी

दिपेश कँडेल, अर्जुन घर्ती, हेमन्त धामी, रुपेश सिंह यसपटक पनि छन्। यसपटक अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव पहिलोपटक क्यानबाट मासिक तलब पाउने गरी इमर्जिङ क्याटागोरीमा परेका हुन्।

पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ।

प्रकाशित: २९ फागुन २०८१ ७:१३ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast