संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

हिमाल प्रेस १७ चैत २०८१ ११:४६ | Sunday, March 30, 2025
संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।

बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्।

संघीय संसद् विपक्षी दलहरूको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ।

प्रकाशित: १७ चैत २०८१ ११:४६ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast