संसद्मा सत्तारुढ र प्रतिपक्ष सांसदले भने : पूर्वविशिष्टलाई आजीवन सुविधा दिने काम देशको हितमा छैन

हिमाल प्रेस ३ चैत २०८१ १२:२१ | Sunday, March 16, 2025
संसद्मा सत्तारुढ र प्रतिपक्ष सांसदले भने : पूर्वविशिष्टलाई आजीवन सुविधा दिने काम देशको हितमा छैन

काठमाडौँ- प्रतिनिधिसभामा सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि सरकारले कानुन बनाउन लागेको विषयमा विरोध भएको छ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने कुरा मुलुकको हितमा नरहेको भन्दै यसको विरोध जनाएका हुन्। बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताए।

उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने जिकिर गरे।

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्षलगाएतलाई आजीवन सुविधा दिने कानून बनाउन नहुने उनले बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन लागिएको भन्दै आपत्ति जनाए। महँगी नियन्त्रण र गरिबलाई राहतमा दिनुपर्नेमा जनताप्रतिको उत्तरदायित्व भुलेर सरकार विशिष्ट व्यक्तिलाई सेवा सुविधाको निर्णय उचित नभएको उनले बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरूलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको बताए। पूर्वविशिष्टहरुलाई अहिले दिइदै आएको सुविधा समेत कटौती गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३ चैत २०८१ १२:२१ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast