श्रामणेरलाई प्रमाणपत्र वितरण

हिमाल प्रेस १ चैत २०८१ १७:२२ | Friday, March 14, 2025
श्रामणेरलाई प्रमाणपत्र वितरण

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जना अल्पकालीन भिक्षुहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ।

मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुरुभएको कुलपुत्र प्रबज्याका पाँच सय श्रामणेरलाई प्रमाण पत्र प्रदान गरिएको हो।

थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा प्रवज्या गरिएको हो।

प्रबजित भएकाहरुलाई एक समरोहकाबीच प्रमाणपत्र वितरण गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए।

अल्पकालीन भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपुर्ण रहेको उनले बताए।

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै उनले शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुुदायलाई आग्रह समेत गरेका छन्।

यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा सात हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्राम देखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार वेलुकी भैरहवामा धम्म यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी भएका थिए।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ।

प्रकाशित: १ चैत २०८१ १७:२२ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast