काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
दाङ सिद्धार्थ रंगशालामा जारी खेलमा आर्मीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनाउन सक्यो। आर्मीका लागि बसिर अहमदले ८६ रनको अर्धशतकीय पारी खेलेका थिए। उनका अतिरिक्त भीम सार्की ४४, तितराज दास ३१, सोमपाल कामी २८, कुशल मल्ल १७ र इमरान सेख १२ बनाएका थिए।
टस हारेको लुम्बिनी प्रदेशका लागि अजय चौहानले ४ विकेट लिँदा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रसन केसी, नर सार्की र कप्तान देव खनालले समान १।१ विकेट लिएका थिए।
प्रकाशित: १० चैत २०८१ १२:३२ | Sunday, March 23, 2025
प्रतिक्रिया





