लुम्बिनीमा म्याराथन, अनिशले जिते उपाधि [तस्बिरहरू]

विनोद परियार १० चैत २०८१ १६:०९ | Sunday, March 23, 2025
लुम्बिनीमा म्याराथन, अनिशले जिते उपाधि [तस्बिरहरू]

लुम्बिनी- तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि भारतीय सेनाका अनिश थापा मगरले हात पारेका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार सम्पन्न ४२ किलोमिटर दुरीको म्याराथन पर्वत फेलेबास-२ थापाठानाका मगरले २ घण्टा २० मिनेट १८ सेकेन्डमा पूरा गरी पहिलो भएका हुन्। उनी भारतीय सेनाको फोर एयट गोर्खा राइफल्समा कार्यरत छन्। उनले तीन लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

यस्तै नेपाली सेनाका सुशीलकुमार शाही दोस्रो भए। हुम्ला सिमिकोट गाउँपालिका ७ निवासी उनले उक्त दुरी २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते। केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए। उनले उक्त दुरी २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार हात पारे।

२१ किमि महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितकी छिन्। उनले उक्त दुरी एक घण्टा २० मिनेट ५ सकेन्डमा पूरा गरिन्। उनले एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेन्डमा दुरी पूरा गरेर दोस्रो भइन्। उनले एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै चीनको चेन विईले दुई घण्टा २६ सकेन्डमा दुरी पूरा गरेर तेस्रो भइन्। उनले ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा विजेता धावकहरूलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार प्रमाणपत्र प्रदान गरे।
पाँच किमि लामो छात्र–छात्राको म्याराथन र ३ किमि लामो वकाथन प्रतियोगिता पनि भएको थियो।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावाससँगको सहकार्यमा नेपाल ओलम्पिक कमिटी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न संघसंस्थाको सहकार्यमा म्याराथन आयोजना गरिएको हो।

   

प्रकाशित: १० चैत २०८१ १६:०९ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast