लिग टूका लागि छानिए ४८ खेलाडी

हिमाल प्रेस १७ चैत २०८१ १०:३९ | Sunday, March 30, 2025
लिग टूका लागि छानिए ४८ खेलाडी

काठमाडौँ- विश्वकप लिग टूमा आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो। क्यानका अनुसार छनोट भएका ४८ खेलाडीहरूलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी तयारी खेलहरु सन्चालन गरिने छ।

आगामी जुनमा नेपालले स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग लिग टू को चौथो शृंखला खेल्नेछ।
खेलाडीहरू :

रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद

प्रकाशित: १७ चैत २०८१ १०:३९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast