लगानीकर्ताले गुमाए ५ खर्ब

हिमाल प्रेस १२ चैत २०८१ १५:५५ | Tuesday, March 25, 2025
लगानीकर्ताले गुमाए ५ खर्ब

काठमाडौँ- लगानीकर्ताले विगत तीन सातामा पाँच खर्ब रुपैयाँ गुमाएका छन्। नेपाल स्टक एक्सचेन्जमा भएको कारोबार रकमका आधारमा फागुन १८ यता लगानीकर्ताले पाँच खर्ब रुपैयाँ गुमाएका हुन्।

फागुन १८ गते ४७ खर्ब ७० अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण मंगलबार आइपुग्दा ४२ खर्ब ८८ अर्ब ६७ करोड रुपैयाँमा झरेको हो।

यस अवधिमा नेप्से परिसूचक पनि ३०७.५५ ले घटेको छ। फागुन १८ गते नेप्से परिसूचक २,८९०.२८ अंकमा थियो भने मंगलबार २,५८२.७३ अंकमा बन्द भएको छ। यो अघिल्लो दिन अर्थात् सोमबारको तुलनामा ५८.०५ अंकले कमी हो।

सेयर कारोबार भएकामध्ये मंगलबार चार वटा कम्पनीले नाफा कमाएका छन् भने २४० कम्पनी घाटामा गएका छन्। विभिन्न ३२५ वटा कम्पनीको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ६२ हजार २१ पटक खरिदबिक्री भएको छ। यस क्रममा पाँच अर्ब १८ करोड सात लाख १८ हजार ७०८ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार सबै समूहको उपसूचक राताम्मे देखिएको छ। बैंकिङ १.४०, विकास बैंक ३.२६, वित्त ३.४१, होटल तथा पर्यटन २.८३, जलविद्युत् ३.०८, लगानी १.९८, जीवन बिमा २.२४ र उत्पादन तथा प्रशोधनको उपसूचक १.४९ प्रतिशतले घटेको हो। यसैगरी लघुवित्त २.३०, म्युचुअल फन्ड ०.५१, निर्जीवन बिमा २.३८, अन्य १.६४ र व्यापार समूहको उपसूचक १.६० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २३ करोड २० लाख सात हजार १६५ रुपैयाँको सेयर किनबेच भएको छ

प्रकाशित: १२ चैत २०८१ १५:५५ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast